स्वास्थ तथा सरसफाइ

५ हजारमा झरयो सक्रिय संक्रमितको संख्या

बिज्ञापन

काठमाडौं । पछिल्लो २४ घण्टामा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमूना परीक्षणमध्ये ३० पीसीआर र ४३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार थप १९२ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ । हाल मुलुकभर ५ हजार ५० सक्रिय संक्रमित छन् । कोरोनाको तेस्रो लहर चल्दा ९० हजार माथिसम्म सक्रिय संक्रमित थिए ।

बिज्ञापन
बिज्ञापन