विज्ञापन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको थिएन ।
एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
विज्ञापन

दिल्लीमा देखिएको संक्रमण नै आईपीएल टिममा देखिएको पहिलो संक्रमण हो ।
शनिबार रोयल च्यालेञ्जर्स बेंग्लोरसँग भएको खेल पश्चात दिल्लीका खेलाडीले बेंग्लोरका खेलाडीसँग हात मिलाएनन् । आईपीएलद्वारा सामाजिक दुरी कायम गर्न भनिए पछि कुनै पनि खेलाडी हात नमिलाएका हुन् ।
दिल्लीले बुधबार एमसीए स्टेडियममा पञ्जाब किङ्ग्स विरुद्ध खेल्नेछ ।
अन्य समाचारहरु
सयुक्त नेपाली महासंघ मुम्बईको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने