27/01/2022

मालिका समाचार

देशको ऐना

निधि संगै प्रकाशमान सिहले पनि देउवालाई सघाउने कार्य शैलीमा सुधार गर्न सुझाव

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :नेपाली काङ्ग्रेसको १४ औ महाअधिवेशनमा पहिलो चरणको निर्वाचन सम्पन्न भए संगै नेपाली काङ्ग्रेसको विधान अनुसार जितको निम्ति ५१%हुनुपर्नेमा त्यो अवस्था नदेखिएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। दोस्रो चरणको निर्वाचनमा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि संगै प्रकाशमान सिहले पनि शेर बहादुर देउवा लाई साथ दिने घोषणा गरेका छ्न।

मंगलबार दोस्रो चरणको निर्वाचन हुने भएकोले आफ्नो सहयोग देउवालाई रहने निधिले घोषणा गरे संगै प्रकाशमान सिहले पनि पत्रकार संग कुरागर्दै देउवा लाई आफुले विगतको कार्य शैली परिवर्तन गर्ने सुझाव दिएको र दोस्रो चरणको निर्वाचन हुने भएपछि नेत्री सुजाता कोइराला ,बिश्व प्रकाश शर्मा लगायतका नेता हरुसंग आफुले छलफल गरेको साथै आफू निकटका सबै प्रतिनिधि हरुलाइ देउवा लाई सहयोग गर्न अपिल गरेको बताए ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

त पहिलो चरणको चुनावमा कोइरालालाई सहयोग गरेका केहि हरुलाइ आफ्ना पक्षमा मतदान गर्न देउवाले प्रतिनिधिलाई सुझाव दिनु भएको छ । यस अघि सम्पन्न पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ कुल मत खसेकोमा  देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको छ । भने कोइरालाले १ हजार ७ सय २९ मत पाउनु भएको थियो । यस्तै, नेता प्रकाशमान सिंहले  ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको थियो । अब दोस्रो चरणमा देउवा र कोइरालाकाबीच प्रतिस्पर्धा हुनेछ ।

विज्ञापन