बिश्व

राहुल गान्धीको पुनरावेदन खारेज

बिज्ञापन

नयाँदिल्ली, वैशाख ७ गते । मानहानि मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाउनुभएको थियो । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए । यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन ।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । रासस/पिटिआई

बिज्ञापन
बिज्ञापन