काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ ।
विज्ञापन

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको हो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । साथै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए ।
विज्ञापन

त्यस्तै नागरिक उन्मुक्तिले लाल आयोगको प्रतिवेदन तीन दिनभित्र सार्वजनिक गर्न समेत माग गरेको छ । अन्यथा आन्दोलनमा जान बाध्य हुने भेतावनी समेत दिएको छ ।
अन्य समाचारहरु
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै
२५ नं इजलासमा बालकृष्ण खाणसँग २४ सवालजवाफ
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो