खेलकुद

टीकापुर नगरपालिका ९मा वडा स्तरीय फुटबल कप शुरु

बिज्ञापन

टीकापुर नगरपालिका ९ नम्वर वडा कार्यालयको आयोजनामा वडा स्तरीय कप फूटबल प्रतियोगिता शुरु भएको छ । वडा नम्बर ४ र वडा नम्बर ७ बीच भएको उद्घाटन खेल निर्धारित समयमा बराबरी भएपछि पोल्टी सुट आउटमा वडा नम्बर ४ विजयी भएको छ । वडा नम्बर ४ ले ४ गोल गर्दा वडा नम्बर ७ ले ३ गोल मात्रै गरेको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बीच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले उद्घाटन गर्नु भएको छ । कार्यक्रम वडा स्तरीय खेलकुद समितिका संयोजक चन्द्र बहादुर चौधरीको अध्यक्षतामा भएको छ । मंगलबार वडा नम्वर ७ ए र वडा नम्वर ६ बीच खेल हुनेछ, भने अर्को खेल वडा नम्वर ८ ए र वडा नम्वर ५ ए बीच खेल हुने आयोजकले जानकरी दिनुभयो ।
वडा नम्वर ९ स्तरीय फुटबल कप २०८० मा प्रथम हुने टिमलाई नगद रु ५१ हजार, दोस्रो हुने टिमलाई नगद रु ३१ हजार र खेलका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना खेलाडीलाई जनही २ हजार १ सय पुरस्कारको व्यवस्था गरेको छ । 

बिज्ञापन
बिज्ञापन