घटना समाचार

अछाममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

बिज्ञापन

अछाम। अछाममा विद्यार्थी सवार ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका- ३ मा आइतबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएको बताइएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दर्वा र बगुडाको बीचमा पर्ने बुढा खोलामा ट्याक्टर दुर्घटनामा परी १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो । अन्य ४ जना किशोरी घाइते भएका छन् ।

से २ त ३४३१ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेहरुमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा बिक रहेका छन् ।

उनीहरू पिपलसैन माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन् ।

बिज्ञापन