राजनीति

गगन थापा गफमात्रै गर्ने जनप्रतिनिधि भनेर चिनिन्छन् : राजन भट्टराई

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेको कामलाई आफूले गरेको भन्दै भ्रम फैलाएको आरोप लगाएका छन् ।

नेकपा एमालेकाे काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेता भट्टराई एमाले नेतृत्वमा भएका कामलाई गगन थापाले आफूले गरेको भन्दै प्रचार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘गगन थापा भिडिओहरु बनाएर कमलपोखरी मैले बनाएको भन्दारुैछन् । कमल पोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? उहाँले लेखेको त्यो चिठी अहिले पनि हामीसँग छ । अहिले मैले बनाएको भन्न लाज लाग्दैन ?’

उनले आफू प्रधानमन्त्रीको सल्लाहकार हुँदा कपनलगायत काठमाडौं ४ मा लगेका योजनाहरुको फोटो र भिडिओ बनाएर गगनले आफूले गरेको भ्रम फैलाउन खोजेको पनि आरोप लगाए ।

बिज्ञापन

भट्टराईले गगन थापा गफमात्र गर्ने र काम केही नगर्ने जनप्रतिनिधिको रुपमा काठमाडौं ४ का जनताले चिनेको उनको भनाइ छ । भट्टराईले गगनसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

बिज्ञापन
बिज्ञापन