राजनीति

राष्ट्रपति कांग्रेसबाटै बन्छ : प्रकाशमान सिंह

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने बताएका छन् । शुक्रबार नेपाल जेसिसको कार्यक्रममा बोल्दै नेता सिंहले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा दावी स्वभाविक भएको बताए ।

बिज्ञापन

नेता सिंहले भने, ‘सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ ।’ राष्ट्रपतिको विषयमा सत्ता गठबन्धनभित्र खटपट देखिएकाे भन्दै कांग्रेस सांसदसमेत रहेका नेता सिंहले कांग्रेसबाटै राष्ट्रपति बन्ने दावी गरेका हुन् । तर, उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार को भन्ने चाहिँ खुलाएनन् ।

नेता सिंहले पुस १० को सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । यो सहमति कायम गर्न प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वृहत छलफल भएपनि अझै सहमति जुट्न सकेको छैन ।

बिज्ञापन