विज्ञापन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् ।
महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक निर्वाचित शर्मा दलका नेतामा सर्वसम्मत भएका हुन् । मधेसका पूर्व राज्यमन्त्री पनि रहेका उनी पार्टी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् ।
विज्ञापन

लोसपा दलका नेताका लागि पार्टीको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र सांसद उपेन्द्र महतो पनि आकांक्षी थिए ।
मधेश प्रदेशमा लोसपाको ९ सांसद छन् । लोसपा मधेश प्रदेशमा पनि प्रतिपक्ष रहने भएको छ ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा