टीकापुर

टीकापुरमा ल्याण्डलाइन फोन र मोबाइल टावर अबरुद्धले उपभोक्तालाई सास्ती

बिज्ञापन

टीकापुर, १० माघ । टीकापुर क्षेत्रमा पटक पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुँदा उपभोक्तालाई सास्ती भएको छ । टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुँदा उपभोक्तालाई अत्यावश्यक काममा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
स्थानीय नागरिक टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध हुँदा नागरिकलाई बढी समस्या भएको छ । टीकापुरमा ढल निर्माण भइरहेकाले ढल निर्माण गर्दा अप्टिकल फाइबर कट्दा पटक पटक सेव अबरुद्ध हुने गरेको दुर सञ्चार कार्यालयले जनाएको छ । नेपाल टेलिकम अत्तरियाका प्राविधिक गोविन्द अवस्थी सडक निर्माण लगायतका निर्माण कार्य हुँदा टेलिकमको अप्टिकलमा ठाउँ–ठाउँमा क्षति भएको बताउनुहुन्छ ।

बिज्ञापन


उहाँले अप्टिकल फाइबर कटेका कारण टीकापुर बजार क्षेत्रमा साढे ३ सय ल्याण्डलाइन फोन र मोबाइलका आठ वटा टावर अबरुद्ध भएको र अस्थायी रुपमा आजै सुधार आउने र पूर्णरुपमा सेवा सञ्चालन हुन केही समय लाग्ने बताउनुभयो ।

बिज्ञापन