राष्ट्रिय समाचार

नेपालले भारतकाे आन्तरिक जलमार्ग प्रयोग गर्न पाउने

बिज्ञापन

काठमाडौं । वैदेशिक व्यापारका लागि भारतीय आन्तरिक जलमार्ग प्रयोग गर्न नेपाललाई बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपाललाई वैदेशिक व्यापारमा भारतीय जलमार्ग प्रयोग गर्न पाउने सहमति भएको हो ।

बिज्ञापन

झण्डै २५ वर्षपछि पुनरावलोकन भएको पारवहन सन्धिबाट नेपालले भारतीय आन्तरिक जलमार्ग प्रयोग गर्न पाउने भएको हो ।
प्रधानमन्त्री प्रचण्डको चारदिने औपचारिक भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयुष गोयलबीच यस्तो सम्झौता भएको हो ।

पारवहन सम्झौता पुनरावलोकन भएसँगै अब नेपालले भारतीय गंगा नदीको आन्तरिक जलमार्ग प्रयोग गर्न सक्ने छ । यसबाट नेपाली आयात र निर्यातकर्ताले कलकत्ताको अस्तव्यस्त अवस्था झेल्न नपर्ने भएको छ ।

बिज्ञापन