Sudur Pradesh News

सुदूरपश्चिम प्रदेश सरकारद्वारा बिदा कटौती

बिज्ञापन

सुदूरपश्चिम प्रदेश सरकारले गौरा र अतवारी पर्वको बिदा कटौती गरेको छ । गत वैशाख १ गते राजपत्रमा प्रकाशित बिदा कटौती गरिएको छ । भदौ पर्सि शनिबार पर्ने गौरा पर्वका लागि प्रदेश सरकारले एक दिन थप गरी भोलि पनि बिदा दिने निर्णय गरेको थियो ।

त्यस्तै, आगामी आइतबार कञ्चनपुर र कैलाली जिल्लामा अतवारी पर्वको बिदा दिने भनि प्रदेश राजपत्रमा उल्लेख छ । तर, आन्तरिक मामिला तथा कानून मन्त्रालयले हिजो जारी गरेको सूचनामा ती बिदा नरहेको जानकारी गराएको हो ।

गत जेठ १० गतेको निर्णयानुसार गौरा पर्वको बिदा कटौती गरिएको सूचनामा उल्लेख छ । त्यसैगरी, भदौ ९ गतेको बैठकले अतवारी पर्वको बिदा भदौ १२ गते दिने निर्णय गरेको थियो ।

मन्त्रालयले भनेको छ, ‘प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति गत जेठ १० गतेको निर्णयानुसार भदौ १७ गतेको बिदा झिकिएको र भदौ ९ गतेको निर्णयानुसार अतवारी पर्वको बिदा भदौ १९ गतेको सट्टा भदौ १२ गते दिइएकाले भदौ १७ गते शुक्रबार र भदौ १९ गते आइतबारका दिन सार्वजनिक बिदा नरहेको जानकारी गराइन्छ ।’

बिज्ञापन
बिज्ञापन
बिज्ञापन