आस्था /आध्यात्म

फिल्म र संगीत क्षेत्रका कलाकारहरुले मनाए होली

बिज्ञापन

काठमाडौं । फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् ।

अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए ।

अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् ।

फिल्म ‘छक्कापञ्जा ४’का कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला,बेनिशा हमाल,केदार घिमिरेले बानेश्वर चोकमा आयोजित होली विशेष कार्यक्रममा भाग लिए । दीपकराज गिरी भने रेडियोले आयोजना गरेको होली कार्यक्रममा प्रस्तुत भए ।

बिज्ञापन

गायकहरु प्रमोद खरेल, कुलेन्द्र विश्वकर्मा, राजेशपायल राई लगायतले रेडियोको होली कार्यक्रममा भाग लिए ।

थुनामुक्त भएपछि अभिनेता पल शाहले काठमाडौंस्थित निवासमै सपरिवार होली मनाए । उनीसँग होली मनाउन उनी निकट फिल्म र संगीतकर्मी पुगेका थिए । कलाकारहरु रचना रिमाल, वर्षा राउत, वर्षा शिवाकोटी, शुभेच्छा खड्का, सञ्चिता लुइटेल, मिस नेपाल प्रियंकारानी जोशीले पनि परिवार र साथीहरुसँग होली मनाए ।

बिज्ञापन
बिज्ञापन