विज्ञापन

टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी तेस्रो स्थानमा झरेका छन्।
नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा आएका छन्। कुल २६ हजार ६५१ मत गणना सकिंदा बडुवालले ८ हजार २९० मतसहित अग्रता लिएका हुन्। एमालेका उम्मेदवार रावलको ७ हजार ५०६ मत छ। उनीहरु बिचमा ७८४ मतको अन्तर छ।
विज्ञापन

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ७ हजार २५४ मत ल्याएका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।
विज्ञापन

अन्य समाचारहरु
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?
पेस्तोलसहित २ जना पक्राउ