Sudur Pradesh News

भूकम्पले बाजुरामा ठुलो भौतिक क्षति

बिज्ञापन

बाजुरा । बाजुरामा भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ।

जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव ९म्याग्निच्युडको भुकम्पका कारण क्षति भएको हो। जिल्लामा मंगलवार रातिसम्म २५ घर भत्किएको विवरण आएको छ। जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार भूकम्पको क्षतिको विवरण संकलनको काम जारी छ। मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९म्याग्निच्युडकोे भूकम्प गएको थियो।

भूकम्पका कारण खसेको ढुङ्गा लागेर गौमुल गाउँपालिका वडा नम्बर २ की जमुना रोकायाको मृत्यु भएको छ। जंगलमा घाँस काटेर फर्किरहेको  बेला माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको हो। जिल्लामा भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन। जंगलमा भेडा चराउन गएका बेला माथीबाट भिर फुटेर पहिरो जादा ५०/६० भेडा मरेका छन्। गाठालो गएका रामदल बोहरा घाईते भएका छन्। 

बिज्ञापन
बिज्ञापन