घटना समाचार

टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

बिज्ञापन

काठमाडौं । टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको भूकम्प गएको दुई सातापछि सोमबार पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुई साताअघि गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।

बिज्ञापन
बिज्ञापन