राजनीति

कैलाली क्षेत्र नं. ५ का लागी गठबन्धन दल र एमालेका उम्मेदवार

बिज्ञापन

धनगढी । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश निर्वाचनका लागी दलहरू उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा रहेका छन् । यसै बिच कैलाली क्षेत्र नम्बर ५ मा पनि गठबन्धन र एमालेबाट कसले टिकेट पाउने भन्ने बारे दलहरू लगभग अन्तिम निर्णयमा पुगे पनि घोषणा गर्न भने बाँकी रहेको छ । 

कैलाली क्षेत्र नम्बर ५ का लागी सत्ता गठबन्धनबाट निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्त प्रतिनिधिसभाको उम्मेदवार बन्ने पक्का जस्तै भएको छ । भने उनको प्रतिस्पर्धामा नेकपा एमालेबाट प्रतिनिधिसभामा पार्टी पोलिटब्युरो सदस्य नारदमुनि राना मैदानमा आउने भएका छन् । उनी २०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजुलाई पराजित गर्दै चर्चामा आएका थिए । भने यस पालि पनि एमालेले दोहोर्‍याउने निश्चित देखिन्छ । 


यस्तै एमालेले प्रदेशसभा क मा यत्र बास्तोलालाई उम्मेदवार बनाउन लागेको बताइएको छ । एमालेका पुराना नेता बास्तोला एमाले महासचिव शङ्कर पोखरेलको नजरमा छन् । पार्टीले उन लाइनै टिकट दिने लगभग तयारी गरेको श्रोतको दाबी छ । भने प्रदेश सभा क बाट माओवादी केन्द्रका रमेश धामी उम्मेदवार बन्ने लगभग टुङ्गो लागेको बताइएको छ । 

यस्तै आरजु आफू कैलाली ५ बाट ब्याक भएपछि  कैलाली प्रदेशसभा ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाश देउवा बन्न लागेका हुन् । उनी प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकीय सचिव समेत हुन् । प्रदेशसभा ख मै नेकपा एमाले भने कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशी लाई चुनावी मैदानमा उतार्ने देखिएको छ ।  

बिज्ञापन

यसै गरी, कैलाली क्षेत्र नं. ५ मा भने नेकपा एकीकृत समाजवादीले उम्मेदवार विहीन भएर चित्त बुझाउनु पर्ने देखिएको छ ।

बिज्ञापन
बिज्ञापन