खेलकुद

कहिले बन्ला भरतपुरको क्रिकेट रंगशाला?

बिज्ञापन

१६ माघ, चितवन । गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन अभियान नै चर्लाएका धुर्मुस सुन्तलीले रकम जुटाउन नसकेर स्वामित्व लिइदिन भरतपुर महानगरलाई गुहारेको वर्षदिन भइसक्यो । तर झण्डै १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुन सकेको छैन ।

बिज्ञापन

पर्वत, पैयु गाउँपालिकाका ६१ वर्षीय देव न्यौपाने चितवन आएको मौका पारेर भरतपुर महानगरपालिका वडा नं. १५ मा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला पुगे । कलाकार धुर्मुस र सुन्तलीले बनाएको रंगशालाबारे सुन्दै आएका उनलाई के–कति काम भएको रहेछ भनेर हेर्ने रहर थियो । कामको सिलसिलामा चितवन आउँदा भरतपुर–१५ स्थित निर्माणस्थलमा पुगे, क्रिकेट मैदानमा बनाइएको भ्यूटावरमा उक्लिए । हातले आँखाको माथिल्लो भाग छेक्दै परसम्म हेरे । सबैतिर नजर लगाएपछि प्रश्न गरे, ‘अब कहिले बन्ला ?’

रंगशालाको काम रोकिएको झण्डै डेढ वर्ष भयो । रंगशालाभित्र झाडी पलाएको छ । ठड्याइएका पिलरका रडमा खिया लाग्न थालेको छ । स्याहारको अभावमा दूबो मर्न थालेको छ । कामदार बस्न बनेका संरचना थोत्रिंदै गएका छन् ।

बिज्ञापन