राजनीति

रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ

बिज्ञापन

१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा राखेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बताएको छ ।

सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, तर प्रधानमन्त्रीको कुरा हो ।

रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।

बिज्ञापन

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्डलाई पनि दबाव दिएका छन् । त्यही सिलसिलामा एमाले अध्यक्ष ओलीलाई पनि भेटेका हुन् ।

बिज्ञापन
बिज्ञापन