मनोरञ्न

धमलापत्नीको उत्तेजक डान्सले टिकटकमा भाइब्रेसन

बिज्ञापन

काठमाडौं । नेपालमा सर्वाधिक ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला । अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका साथै अन्टसन्ट प्रश्नहरुका कारण उनी सँधै ट्रोलको शिकार बन्ने गर्छन् ।

बिज्ञापन

धमलाका ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । यद्यपि, यो उनको आफ्नै हर्कतले गर्दा होइन । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् । उनले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ । एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन् ।

भिडिअ‌ाे साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् ‘डगी’ पाेजमा चार हातखुट्टा टेकेर उत्तेजक भंगीमा देखाउँछिन् । ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।

एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वाेर्क’ भनिन्छ । यो भनेको  कम्मरमुनिकाे भाग मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो । तर, एलिजाले खासै पारा ल्याएकी छैनन् ।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।

एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन । त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।

बिज्ञापन