घटना समाचारराष्ट्रिय समाचार

चोरीको २५लाख ६८ हजार भारतीरुपैया २ तोला सुन बरामद

बिज्ञापन

कैलाली १३ जेठ भारतको विभिन्न ठाउँ बाट चोरील्याएको २५ लाख ६८ हजार भारतीय रुपैया सहित २ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

बिज्ञापन

जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर-४ सुन्दरपुर स्थित दुर्गा चलाउनेको घर नजिक खेतबारिमा खाल्डो खनी प्लास्टिकको थैली भित्र स्टिलको डब्बामा लुकाइराखेको अवस्थामा भारती रुपैयाँ नगद २लाख २२ हजार र घोडाघोडी नगरपालिका वडा नम्बर ८ बस्ने लालबहादुर थापाको घर नजिकको खेतमा पनि उस्तै स्थितिमा खाल्डामा प्लास्टिकको झिल्ली भित्र लुकाइराखेको भारतीय रुपैयाँ २३लाख ४६ हजार संगै २तोलक बराबर सुनका ससाना टुक्रा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

साथै उक्त रकम कुन कुन ठाउँ बाट कस कसले ल्याएको हो भन्ने बारे थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ।

बिज्ञापन