March 20, 2023

मालिका समाचार

देशकाे ऐना

असईको घाँटी रेटिएकोअवस्थामा शव फेला ,एक जनाको खोजी

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


कात्तिक ,२
कैलाली जिल्लामाा डियुटिमा खटिएका असईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। अर्का एक प्रहरी बेपत्ता छन ।

जुगेडाबाट राती ८ बजे गस्तीमा गएका गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका – ११ मा रहेको मोहना खोलामा भेटिएको छ।

विज्ञापन


यस्तैगरी ड्य्युटी सकेर फर्किने समयमा पनि नआएपछि राती नै उनिहरुको खोजन थालिएको थियो। एक प्रहरी रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमले जनाएको छ।


उनको घाँटी रेटिएको छ भने , खुट्टामापनि चोट लागेको छ,कैलाली प्रहरी प्रवक्त डिएसपी प्रतीक बिष्टले बताए ।


यो घटना नेपाल भारत सीमामा पर्छ ।असई तस्करी नियन्त्रणमा काम गर्दै आएका थिए।

बेपत्ता प्रहरीको खोजी भइरहेको छ। घटना तस्करहरूले घटाएको बुझाइ , प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले बताएका थिए । उक्त कुराको आरोपमा प्रहरीले नौजना लाई पक्राउ गरिसकेको बताएको छ।