23/09/2021

मालिका समाचार

देशको ऐना

सौचालय फोहोर हुदा पुरै क्षेत्र दुर्गन्धित ध्यानपुगेन उपमहानगर पालीकाको

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

धनगढी : भन्सार कार्यलय धनगढी नजिकै रहेको सार्वजनिक सौचालय फोहोर हुदा पुरै क्षेत्र दुर्गन्धित भएको छ ।
सुदुरपश्चिम प्रदेशको प्रमुख नाका रहेको त्रीशक्ती नगर नाका बाट हजारौंको संख्यामा आवागमन हुने मात्रै नभई सयौं मालबाहक सवारीसाधन दैनिक भन्सारमा आउने जाने गरेका हुन्छन् त्यो संगै आएका चालक ,खलासी लगायत स्थानीय हरुको प्रयोगमा आउने सौचालयमा उपमहानगर पालीकाको ध्यान नपुगेको एकजना चालकले मालिका समाचारलाई बताए ।

धनगढी उपमहानगर पालीकाका सामाजिक शाखा प्रमुख टंक बिष्टलाई सम्पर्क गरि बुझ्दा उक्त सौचालय कुनै एक सस्थाले निर्माण गरेको उक्त सौचालय गत बर्ष कोभिड-१९को उच्च प्रकोप रहेको बेला भारत बाट नेपाल फर्किने हरुलाइ अस्थायी हिसाबले राख्दा सौचालयको आवस्यक परेकोले मर्मत गरि प्रयोगमा ल्याएको बिष्टले बताए । अहिले भने लामो समय देखी फोहोर भएर भित्र पस्न सकिने अवस्था नै छैन।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

सस्थाले निर्माण गरिसकेपछि उपमहानगर पालिकालाइ हस्तान्तरण नगरेकोले जिम्मेवारी लिएर काम गर्न दोधार रहेको बताउदै आज उक्त क्षेत्रमा पुगेर स्थिति बुझ्ने पनि बिष्टले मालीका समाचार लाई बताए ।
त्यो क्षेत्रमा निशुल्क खानेपानी संचालनमा रहेपनि कोभिड-१९को समयमा सस्थाले दिएको हातधुन प्रयोग हुने स्टिलको ट्यान्की संग जोडिएका सबैकुरा भने अस्तव्यस्त छ्न।

विज्ञापन