घटना समाचार

धनगढीमा एक युवक मृत फेला

बिज्ञापन

धनगढी : धनगढी उपमहानगरपालिकामा एक जना युवक मृत अवस्थामा भेटिएका छन् । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३५ देखि ३८ वर्ष भएको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिज्ञापन

सोमबार बिहान ९ बजेर ४५ मिनेटकमा उनको शव नालीमा फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् । उनले भने– ‘घाँटीमा चोटपटक लागेको देखिन्छ, त्यसको नजिक काठको एउटा चिरपट भेटिएको छ । जहाँ युवकको लाश भेटिएको छ, त्यहाँनिर घटना नभएर अरु ठाउँबाट ल्याएर फालिएको जस्तो पनि छ र यो हत्या नै गरेर फालेको जस्तो पछि छ ।

कसले मारेर फालेका भन्ने कुरा स्थानीयहरुले केहि बताएका छैनन् । हत्या गरिएको आशंकामा डग स्न्यापिङ गरिरहेका छौं । थप विवरण अनुसन्धानपछि खुल्छ ।’ मृतकको सनाखत अहिलेसम्म भएको छैन ।

भेटिएका छन् । वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३५ देखि ३८ वर्ष भएको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।