विज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिका–५ को जाँईमा सोमबार बिहान ९ बजेर ४५ मिनेट जाँदा जाँई–शिवनगर सडकनजिकै केराबारीमा फेला परेको शवको पहिचान खुलेको छ । भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ४२ वर्षीय कुल्दीप गुप्ताको भनि उनका भाइले सनाखत गरेको बताए । कोरोना संक्रमणको समयमा लकडाउन हुनुअघि उनी नेपालमै रहेको र आजभोलि उनी राजस्थानमा बस्दै आएको भनेर भाइले बताएका छन्’ डिएसपी जोशीले भने । ‘हिजो आइतबार मात्रै उनी धनगढीस्थित भाइको कोठामा रक्सी खाएर पुगेको र त्यहाँबाट ५० रुपैयाँ लगेर गएको जनाइएको छ ।
अन्य समाचारहरु
अछाममा चट्याङले ९ बाख्रामरे दुई गोठाला घाइते
धनगढीको केएमसीमा अध्ययनरत छात्राको मृत्यु
सेतिमा उपचाररत युवतिकाे मृत्यु, चिकित्सककाे कमजाेरीले मृत्यु भएकाे आफन्तकाे आराेप