June 4, 2023

मालिका समाचार

देशकाे ऐना

Buddha Air image

धनगढी–पोखरा उडान आजबाट आरम्भ

धनगढी: कैलालीको धनगढीदेखि पोखरा उडान आजबाट आरम्भ भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

बुद्ध एयरका एकजना प्रतिनिधिले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्। 

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टका सचिव पदम विक्रम सिंहले धनगढी बासिहरुले धेरै अनुरोध गरेपछि बुद्ध एयरले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरेका छ्न । धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।

विज्ञापन