आस्था /आध्यात्म

धर्मापुरमा सत्संग भवनको उद्घाट्न
जहाँ अहंकार छ, त्यहाँ निरंकार टिक्दैन– नरबहादुर रावल (सं.नि.म. नेपाल प्रधान)

बिज्ञापन

टीकापुर । धर्मापुरमा नयाँ सत्संग भवनको उद्घाट्न गत बुधबारमा (०२ चैत्र गते) गरिएको छ । सन्त निरंकारी मण्डल नेपालका प्रधान नरबहादुर रावलको करकमलबाट उक्त भवनको उद्घाटन गरिएको हो । जानकी गाउँपालिका वडा नं.–६ धर्मापुरमा यस सत्संग भवनको निर्माणमा स्थानीय पूरातन सन्त–भक्तहरुको अपार योगदान रहेको प्रशंसा गर्दै रावलले भन्नुभयो– ‘आज सद्गुरु माता जीको कृपाबाट हामीलाई भौतिक रुपमा उपस्थित भएर सत्संग गर्ने ठुलो सौभाग्य प्राप्त भएको छ । नेपाल सरकारको स्थानीय निकायबाट यस भवन निर्माणमा सहयोग पुरयाउनुबाट यहाँका सबै सन्तहरु अबदेखि सत्संग भवनमा बसेर ज्ञान चर्चा गर्न पाउने भएकाछन् । आज खुल्ला र सार्वजनिक रुपमा यो सत्संग भवनको उद्घाटन भएको छ । यहाँका स्थानीय वडा अध्यक्ष, सदस्य लगायत अन्य पदाधिकारीहरुलाई पनि सद्गुरुले कृपा गरुन तन, मन, धनले उनीहरुलाई सुखी राखुन । त्यस्तै रत्ना देवीजीले आफ्नो अमूल्य भूमिदान गरेर सन्त–भक्तहरुलाई उपलब्ध गराउनुभएकोमा ह्दयदेखि आशीर्वादको कामना गर्नुभयो र यहाँका ब्रम्हज्ञानी महात्माहरुले नेपालमा निरंकारी मिशनलाई अगाडि लैजानुमा गरेको योगदानको प्रशंसा पनि गर्नुभयो ।’

उहाँले अगाडि भन्नुभयो कि गुरुको ज्ञान ठुलो भाग्यले मात्र पाईन्छ, सबैको भाग्यमा यो हुँदैन । यो गुरुको कृपाबाट मात्र प्राप्त हुन्छ । आज संसारमा सबैलाई शान्ति, सुख चाहिएको छ तर त्यो प्राप्त गर्नको लागि गुरुको कृपा हुनु अति आवश्यक छ । पूर्व जन्ममा गरेको कार्यको फलबाट नै आज हामीले यो सत्संग पाएका छौ । सत्संगमा आएर पनि हामी आफ्नो जीवनमा गुरुमतलाई नअपनाएर मनमतलाई अपनाउँछौ भने यो अमूल्य ज्ञान पाएरपनि कुनै उपलब्धि हुँदैन । ज्ञानलाई कर्ममा ढाल्नुको आवश्यकता रहेको छ ।

उहाँले भन्नुभयो कि साधु बन्न सहज छ तर दास बन्न भने धेरै कठिन छ । हाम्रो अधिकांश जीवन निन्दा–नफरतमै व्यतित भएको हुन्छ । जहाँ अहंकार छ, त्यहाँ निरंकार टिक्दैन । जहाँ निरंकार छ, त्यहाँ अहंकार कहिल्यै आउन सक्दैन । हामीले सधैं तन, मन, धन सबै ईश्वरको नै मान्नु पर्दछ । आफूसंग केहि नभएको भवना हामीमा हुनु पर्दछ । यो जोपनि प्राप्त भएको छ त्यो ईश्वरको कृपाबाट नै प्राप्त भएको हो भन्ने भावनमा हामीमा हुनु पर्दछ । यस संसारमा जन्म लिदा हामीले आफूसंग केहि लिएर आएका थिएनौं, खाली हात आएका थियौं, त्यस्तै जाने बेला पनि खाली हात नै जाने छौ । यस लोकमा जतिपनि धन–सम्पत्ति कमाऔं, त्यो यही रहने वाला छ, साथमा जाने छैन । त्यसैले यसको अहंकार गर्नु व्यार्थ छ । जुन रत्ना देवीजीले यो सत्संगको जग्गा भूमिदान दिनुभएको छ त्यो ठुलो दान हो, यो कार्य सधै अमर रहने छ र सबैले सम्झि रहने छन् । हामीलाई थाह नै छकि जसले भक्ति गरयो तिनीहरु आज चिरिन्जीवी छन्, अमर छन् । उनीहरुको नाम सबैले लिने गर्दछन् । आज अमर कार्य भएको छ र यो एउटा अनुकरणिय कार्य पनि हो ।

भवन उद्घाटन समारोहमा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष श्रीराम काफ्ले, नेपाल मिडिया प्रभारी दीपक रावल, सेवादल शिक्षक चन्द्र सिंह, गायक इन्द्र सिंह, तेज बहादुर बोहरा, जगत सिंह, मुखी पदम बहादुर सिंह, पूर्व ज्ञान प्रचारक राई सिंह लगायत स्थानीय वडा अध्यक्ष, सदस्य, सन्त–भक्तहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन राजेश सिंहले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन