टीकापुर

डल्फिन क्षेत्रमा आन्तरिक पर्यटक बढ्दै

बिज्ञापन

टीकापुर, २८ भदौ
कैलालीको टीकापुर स्थित डल्फिन संरक्षण क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा अहिले केहि खुकुलो भएको लकडाउन पछि बिस्तारै चहलपहल शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले पछिल्लो पटक भदौ ४ गते रातीदेखि जारी गरेको निषेधाज्ञा भदौं १९ गतेदेखि केहि खुकुलो बनाएसँगै स्थानिय स्तरमा रहेका पर्यटकिय क्षेत्रहरुमा थोरै थोरै संख्यामा आन्तरिक पर्यटकहरु अवलोकनका लागि जान थालेका छन् ।

यसैक्रममा विशेष गरेर कैलालीको पथरैया, मोहना, कान्द्रा नदीको संगम स्थलमा वर्षात्का ३÷४ महिनामा मात्र देखिने विश्वकै दुर्लभ डल्फिन अवलोकनको लागि पर्यटकहरु आइरहेको विगत लामो समयदेखि डल्फिन संरक्षणको क्षेत्रमा क्रियाशिल युवा भोजराज ढुंगानाले बताउनुभयो । डल्फिन अवलोकनकै क्रममा टीकापुर नगरपालिका वडा नं. १ स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुले समेत शनिबार सो क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा डल्फिन संरक्षणको क्षेत्रमा क्रियाशिल संस्था डिएबिसीका पदाधिकारी तथा जनकल्याणका संचालकहरुका बीचमा डल्फिन क्षेत्रको विकास तथा प्रचार प्रसारका विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ । जनकल्याणका अध्यक्ष बद्रि प्रसाद भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा डिएबिसी नेपालका अध्यक्ष भोजराज ढुंगानाले मन्तन्व्य राख्दै विश्वकै दुर्लभ डल्फिन संरक्षणको लागि आफुहरु स्थानिय स्तरबाट निरन्तर लागिरहेको बताउनुभयो ।

बिज्ञापन

उहाँले सो क्षेत्रको विकासको लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । भजनी नगरपालिका र टीकापुर नगरपालिकाको सीमानामा पर्ने सो क्षेत्रमा विशेष गरेर स्थानिय दुई नगरपालिका सहित आसपासका स्थानिय सरकारहरुले सो क्षेत्रको विकासको पहल गरिदिनुपर्नेमा उहाँको जोड थियो । त्यसैगरी जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रिप्रसाद भट्टराईले डल्फिन क्षेत्रको प्रचारप्रसारका साथै संस्थाले आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम सहकारीका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply