Local Election result

मन्त्री आलेको जोरायलमा एमालेले बाजी मार्यो

बिज्ञापन

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिकामा एमाले विजयी भएको छ । निर्वाचन अधिकृत टीकाराम ढकालका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नुभएका दुर्गादत्त ओझाले तीन हजर ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपककुमार विष्टले तीन हजार ४१२ मत प्राप्त गर्नुभएको छ ।

बिज्ञापन

यसैगरी उपाध्यक्षमा एमालेकै जमुना बोहराले तीन ५९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्राकुमारी साउदले तीन ५१७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का किरण मल्लले एक हजार ६५९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) का प्रेमाकुमारी ओलीले ८३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा एमालेका जगतबहादुर मल्ल, वडा नं २ बाट एमालेकै वीरबहादुर दर्लामी, वडा नं ३ बाट कांग्रेसका नवीन ओझा, वडा नं ४ बाट एमालेका नन्दलाल भट्ट, वडा नं ५ बाट कांग्रेसका ध्वजबहादुर देउवा तथा वडा नं ६ बाट एमालेका गणेश बोहरा विजयी हुनुभएको छ । उक्त पालिकामा जम्मा मतदाता सङ्ख्या १३ जहार ३१५ रहेकामा नौ हजार २६९ मत खसेको थियो ।

बिज्ञापन