June 3, 2023

मालिका समाचार

देशकाे ऐना

धनगढी विमानस्थलको डीपीआरलाई अन्तिम चरणमा

धनगढी । धनगढी विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नापी विभागबाट डिजिटल नक्सा प्राप्त गरेसँगै डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
प्राधिकरणले केही समय अगाडि काठमाडौंको एक परामर्शदाता कम्पनीलाई धनगढी विमानस्थलको सर्भे गर्ने जिम्मा दिएको थियो। अहिले उक्त सर्भे रिपोर्ट र डिजिटल नक्सा भिडाउने काम भइरहेको छ। उक्त कार्य सकिएसँगै डीपीआरले अन्तिम रुप लिने बताइएको छ। त्यसपछि विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

धनगढी विमानस्थल स्तरोन्नतिका लागि सुरुवातमा नै जग्गा अधिग्रहण गर्न आवश्यक छ। क्षेत्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि भौतिक संरचनासँगै जग्गा अधिग्रहण बढी महत्वपूर्ण छ। त्यसकै लागि पछिल्लोपटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक अर्ब बजेट विनियोजन गरेको थियो। त्यसपछि विमानस्थलमा पर्ने जग्गा सर्भे गर्ने काम सुरु भएको थियो। फिल्ड सर्भेको काम सकिएपछि अहिले प्राधिकरण र परामर्शदाता कम्पनीको टोली सर्भे रिपोर्ट, नापी विभागको डिजिटल नक्सा मिलाउने काम गरिरहेका छन्।
विमानस्थलका लागि अहिले एक अर्ब बजेट मात्रै पठाइएको छ। तर प्राधिकरणकै अनुसार उक्त विमानस्थलका लागि २ सय ५८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने छ। सो जग्गा अधिग्रहणका लागि अहिलेको बजेट निकै काम हुने प्राधिकरणले नै जनाएको छ। आवश्यक बजेट थप्न भने अझै समय लाग्ने देखिएको छ। थप बजेट आगामी आर्थिक वर्षमा मात्रै हाल्न सकिने धनगढी विमानस्थलका प्रमुख भट्टले बताए ।

विज्ञापन