अर्थ

देशको व्यापार घाटा कम गर्नमा विद्युत् निर्यातको योगदान महत्त्वपूर्ण : ऊर्जामन्त्री भुसाल

बिज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताएकी छन् ।

बिज्ञापन

मंगलबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

मन्त्री भुसालले देशले विद्युत्को क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन् । उनले मुलुकभित्रकै जलस्रोतबाट विद्युत् उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको बताइन् ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत् खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन् । उनले पछिल्लो एक वर्षमा विद्युत् खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोचेजस्तो विकास नभएको बताइन् ।

उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा संकट भएको बताइन् । मन्त्री भुसालले विश्वका धेरै देशहरूलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युत्बाट परिपूर्ति गर्नुपर्ने बताइन् । उनले विद्युत् खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन् ।

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चार माध्यमहरूले जलविद्युत्को विकासमा जोड दिनुपर्ने बताइन् । उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारी साधनको माग अत्यधिक रहेको बताइन् ।

बिज्ञापन