National Election

डोटीमा एमालेकी गौरीलाई हराउँदै एकीकृत समाजवादीका प्रेम आले विजयी

बिज्ञापन

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् ।
बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

बिज्ञापन

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे भने एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् । यहाँ स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

यस्तै, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

बिज्ञापन