राजनीति

एमालेबाट कैलाली क्षेत्र नं. १ संघका लागि सम थापा, तपेन्द्र रावल र शिलु खतिवडाको नाम सिफारिस

बिज्ञापन

टीकापुर । नेकपा एमालेले कैलालीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि यहाँबाट प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभा तर्फ ७ जनाको नाम जिल्लामा सिफारिस गरिएको समाचार प्राप्त भएको छ । प्रतिनिधि सभातर्फ सिफारिस हुनेमा सम थापा, टीकापुरका पूर्व मेयर तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन् ।
त्यस्तै, प्रदेश (क) मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्ली राज जोशी र भोजराज शर्मा तथा प्रदेश (ख) मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतन रहेका छन् ।

बिज्ञापन

अघिल्लो पटक कैलालीको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट राजपाका उम्मेदवार रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो अन्तरले हराएर विजय भएका थिए । अहिले रेशमलाल चौधरीले यस क्षेत्रबाट आफ्नो उम्मेदवारी नदिएर आफ्नी श्रीमती अर्थात नेपाल नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता चौधरी श्रेष्ठलाई उम्मेदवार बनोउने घोषणा यस अधिनै गरिसकेका छन् ।

बिज्ञापन