विज्ञापन

असोज ,६
लागुऔषध ब्राउन सुगर विक्रीवितरण गरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन ।
यस्तै नागरिकलाई प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिदार्थनगर जिल्ला शोहरतगढ थानामा बस्ने २५ वर्यीय लल्लु र सोही ठाँउका २० वर्यीय अजमेरी धुनिया रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
विज्ञापन

जिल्लाको सीमावर्ती क्षेत्र यशोधरा गाउँपालिका ७ मर्यादपुर सीमा नाकामा ब्राउन सुगर विक्री वितरण गरेको सुचनाको आधारमा उनिहरुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनिहरुको साथमा ८ पोकामा २७ ग्राम ब्राउन सुगर जस्तो खैरो गिलो पदार्थ फेला परेको प्रहरी उपरीक्षक अधिकारील बताए ।
प्रकाउ परेका दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अन्य समाचारहरु
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
टर्की भुकम्प : ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय नाघ्यो
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु