स्वास्थ तथा सरसफाइ

कोरोना भाइरसबाट आज एक जनाको निधन

बिज्ञापन

काठमाडौं, पुस २३ गते । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज (शनिबार) लामो समयपछि एक जनाको मृत्यु भएको हो ।

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

बिज्ञापन
बिज्ञापन