विज्ञापन

पाल्पा । लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ ।
बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, प्रेथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए ।
विज्ञापन

अन्य समाचारहरु
बलात्कार गर्ने ७१ वर्षीय महतारा पक्राउ
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?