June 6, 2023

मालिका समाचार

देशकाे ऐना

लागू औसधदुर्वेसनीले मानवीयजीवन भुस्याहकुकुर जस्तो बनाउछ मन्त्री :पुर्णा जोशी

चैत १६ टीकापुर मङ्गलवार-१टीकापुर सिद्दार्थ हलमा टीकापुरमा सम्पन्न गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाको आयोजना र टीकापुर नगरपालिकाको समन्वयमा भएको लागु औषध निषेध तथा मदिरा नियन्त्रण सम्वन्धी प्रदेश स्तरीय कार्यसाला गोष्ठी कार्यक्रमा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जोशीले लागु औसध सेवनका कारण सुन्दर मानवीय जीवन भुस्याहा कुकुर संगै सुत्ने बनाएको उदाहरण आफुले प्रत्यक्ष आखाले देखेको कुरा कार्यक्रमलाई सम्बोधनको क्रममा बताउनु भयो।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मन्त्री जोसिले आफू कुनै काम बिशेषले संघीय राजधानी काठमाडौ गएको बेला एउटा बोरा भित्र कुकुर संगै सुतेको मान्छे एउटा हातमा चुरोट अर्को हातमा पाउ खादै गरेको खान समेत सुद्दीनभएको अवस्था आफुले देखेपछि आखिर मान्छे लाई जनावर जस्तो कुरुप बनाउने लागु औसध दुर्वेशनीको बानी पर्नमा प्रमुख जिम्मेवार बालबालिका हरुका अभिभावक नै रहेको बताउनु भयो ।अभिभावकहरुले समयमा ध्यान नदिदा बालबालिकाहरु त्यसतर्फ लाग्न थालेको पनि बताउनु भयो।

कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापाले जनप्रतिनिधिहरु आइसकेपछि समस्याका रुपमा रहेको लागु औषधको प्रयोग तथा छाडा पशुचौपाया नियन्त्रणका सम्बन्धि विभिन्न प्रयास भैरहेको भएपनि यसलाई थप प्रभावकारी ढंगले काम हुन नसकेको बताए संगै दुर्वेशनमा फसेका युवालाई त्यसबाट बाहिर निकालेर उत्पादन तथा कृषिमा जोडनुपर्ने सुझाव दिनुभयो ।

विज्ञापन

त्यसैगरी गृह मन्त्रालयका सहसचिव डाक्टर भिष्मराज सुवेदीले देश भरिको राम्रो ,सुन्दर वातावरण ,बस्ती बस्न योग्य ठाउँ भनेर चिनिने नमुना शहर लागु औषधमा फसेको रेकर्डमा देख्दा ,सुन्दा निकै दु:खलागेको र अब टीकापुर घोषणा पत्र जारी गरेरै पहिलो प्राथमिकतामा दुर्वेशन मुक्त बनाउनु पर्ने सुझाव दिनुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहाुर रावलले नगरपालिका र राजनीतिक दलहरुका तर्फबाट लागु औषध नियन्त्रणका लागि राजनीतिक प्रतिवद्धता जनाएको भएपनि झन दुर्वेशनमा संलग्नहरु म फलानोको मान्छे भन्दै छुटने र उ मेरो मान्छे भन्दै छुटाउने कुराले समस्या बल्झिएको भएपनि यसको नियन्त्रणको निम्ति थप प्रर्यास गरिने बताउनुभयो ।

कायक्रममा गृह मन्त्रालयका उपसचिव गोकणर्प्रसाद उपाध्याय, प्रहरी उपरीक्षक विश्व अधिकारीले लागू औषधको समाधानका उपाय र सरकोकारवालाको भूमिकाका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवातमा प्रमुख जिल्ला अधिकारी किरण थापाले स्वागत गर्नुभएको थियो भने बर्दगोरिया गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारु, नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल, विभिन्न पालिकाका उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, विद्यालयका प्रधानअध्यापकहरु, लम्की र टीकापुरका पुनस्थापना गृह सञ्चालकहरुको सहभागीता रहेको थियो ।