काठमाडाैं – सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ ।
विज्ञापन

सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।
विज्ञापन

सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।
अन्य समाचारहरु
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै
२५ नं इजलासमा बालकृष्ण खाणसँग २४ सवालजवाफ
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो