March 22, 2023

मालिका समाचार

देशकाे ऐना

भारतले आज बजेट सार्वजनिक गर्दै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

मुम्बई ।  भारत सरकारले आज आर्थिक वर्ष सन् २०२३/०२४ को अनुमानित आयव्यय विवरण बजेट सार्वजनिक गर्दैछ। 

वित्तमन्त्री निर्मला सीतारमणले स्थानीय समयअनुसार बिहान ११ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची छ। विगत दुई वर्ष जस्तै यस वर्ष पनि केन्द्रीय बजेट पेपरलेस हुनेछ। हिजो सुरु भएको बजेट अधिवेशनमा आर्थिक सर्वेक्षण पेस गरिएको थियो। 

विज्ञापन

आर्थिक सर्वेक्षणले कृषि क्षेत्रमा लगानी बढेको देखाएको छ। यस्तो अवस्थामा सरकारले आफ्नो बजेटमा किसानलाई केही राहत दिन सक्ने विश्वास गरिएको छ। आगामी वर्ष हुने लोकसभा चुनावको ठीक अगाडि ल्याउन लागिएको बजेट यो सरकारको अन्तिम पूर्ण बजेट हो। 

बजेट पेश हुनुपूर्व बढ्दो महंगी नियन्त्रणका लागि कस्ता कार्यक्रम आउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ। बजेटमा भौतिक पूर्वाधारण निर्माणमा बजेट वृद्धि गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बिबिसीले उल्लेख गरेको छ।  बजेटले मध्यम वर्गलाई करमा राहत दिने पनि अपेक्षा गरिएको छ।