विज्ञापन

काठमाडौं । शुक्रबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय झरेको हो ।
विज्ञापन

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्य समाचारहरु
ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली. ले वर्दिया द्वारा साक्षरता कार्यक्रम सम्पन्न
कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
सहकारी, लघुवित्त र बैंकबारे गम्भीर कदम चाल्दै सरकार