राष्ट्रिय समाचार

एकैपटक २५ डीएसपीको काज सरुवा

बिज्ञापन

काठमाडौं । गृह मन्त्रालयले २५ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित रुपमा हुँदै आएको सरुवालाई रोकेर प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको हो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा डीएसपीहरुको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा आवश्यकता अनुसार काजमा खटाउनु पर्ने भएकाले कार्यालय दरबन्दीका डीएसपीहरुलाई अर्को आदेश नभएसम्म काजमा खटाइएको उल्लेख छ ।

काज सरुवा भएका डीएसपी तिलक भारतीलाई म्याग्दीमा खटाइएको छ। त्यस्तै सुनलिजंग शाहलाई सोलुखुम्बुमा, जागरकोटमा सन्तोष निरौलाा र ओखलढुंगामा सुकदेव खनाललाई खटाइएको छ।

गृहमन्त्री बालकृष्ण खाणले हिजो (मंगलबार) मात्रै दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेका थिए । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले केही दिनमा आचारसंहिता लागू गर्नेछ । आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा रोकिने भएपछि सरकारले त्यसअघि नै ठूलोमात्रामा प्रहरी प्रशासन क्षेत्रका कर्मचारीको सुरुवा गर्ने तयारी गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन