बैतडी : बैतडीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत निर्वाचन भएका ३ वटै क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएका छन् । बुधबार निर्वाचन भएका पाटन बहुमुखी क्याम्पस, जगन्नाथ बहुमुखी क्याम्पस र मणिलेक क्याम्पस मेलौलीमा नेविसंघका उम्मेदवार विजयी भएका हुन ।

िपाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार भागरथी भट्ट विजयी भएका छन् । भट्टले ८९ मत ल्याउँदा उनका प्रतिष्प्रधी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत मात्रै पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गरे । सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी, कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना निर्वाचित भएका छन ।
सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमासभापतिमा नेविसंघका धनी भट्ट १२० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै पाएका थिए । सचिवमा नेविसंघकै किशोरराज पन्त, कोषाध्यक्षमा ममता भट्ट निर्वाचित भएका छन ।

यस्तै मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघकै नवराज भट्ट ७० मत ल्याएर जित हात पारेका छन । उनका प्रतिष्प्रधी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत मात्रै प्राप्त गरेका छन ।
सचिवमा नेवि संघका निरज भट्ट, कोषाध्यक्षमा सुशीला नेगी विजयी भएका छन । ३ वतै क्याम्पसमा सभापति सहित सचिव, कोषाध्यक्ष र सदस्यमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन ।
अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा