राजनीति

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सोमबार बसेको राप्रपाको पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ ।

चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कमाण्डरहरूले आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने छन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन