
कञ्चनपुर । आफूलाई प्रहरी बताउने एक समूहले कञ्चनपुरबाट आइतबार साँझ एक नेपालीलाई बन्धक बनाएर भारत लगेको खुलेको छ । कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बस्दै आएका कैलालीको जानकी गाउँपालिका–६, जगतपुरका मीनबहादुर शाहलाई बन्धक बनाएर भारत पु¥याइएको हो ।
उनलाई भारत लगे पनि सीमामा प्रहरीले समेत चाल पाएन । मीनबहादुर पछिल्लो एक महिनादेखि श्रीमतीसहित कञ्चनपुरमा रहेको ससुरालीमा बस्दै आएका थिए ।
स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको र ‘काम छ’ भन्दै मीनबहादुरलाई लिएर गएका थिए । आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी त्यहाँ नभएको जानकारीपछि अनुसन्धान सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) लालबहादुर बमले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले भने, “नेपाल प्रहरीको कुनै टोलीले उनलाई लगेको होइन । उनलाई लैजाने को हुन् भन्नेबारे अनुसन्धान हुँदै छ ।”
प्रहरी अनुसन्धानका क्रममा बम कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासामा प्रहरी हिरासतमा रहेको खुलेको छ । नेपाली नागरिक नेपालका सुरक्षा निकायको समन्वयबिना भारतीय प्रहरीको हात लाग्नु गम्भीर विषय भएको प्रहरीकै अधिकारीहरु बताउँछन् ।
इन्सपेक्टर बलमे मीनबहादुरलाई कुन नाकाको प्रयोग गरेर भारत पु¥याइयो भन्नेबारे पनि अनुसन्धान भइरहेको बताए ।
प्रहरीका अनुसार केही समयअघि मीनबहादुर दम्पती भारतको गुडगाउँमा बस्दै आएका थिए । उनीहरू त्यहाँ बस्दा एक घरमा लुटपाट भएको र सो लुटपाटमा मीनबहादुरको नाम समेत जोडिएकाले लगेको हुन सक्ने आशंका छ ।

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास