अनौठोराष्ट्रिय समाचार

बालबालिका चोरीको खतरा बढेको समाचार भाइरल भैरहेको बेला काठमाडौमा भेटिए दुई नक्कली बाबा

बिज्ञापन

काठमाडौ २ असोज नेपालको विभिन्न जिल्ला हरुमा पछिल्लो समयमा बालबालिका चोरी भैरहेका समाचार हरु फैलिरहेको बेला काठमाडौ जिल्लाको भक्तपुर बालकोटमा २ जना नक्कली बाबा भेटीएका छन ।

आइतबार मध्यान्ह १२ बजेको समयमा घरघरमा पुग्दै संख फुक्दै मागिरहेको अवस्थामा स्थानीयले मालिका समाचार लाई खबर गरेपछि हामी त्यसतर्फ लाग्यौं र सडक छेउमा रहेको पसलमा मागिरहेको अवस्थामा ऊनीहरु भेटिएपछि मालिका समाचारको फेसबुक पेज बाट लाइभ गरि उनले बोकेको भारतिय आधारकार्ड हेर्दा मात्र करन लेखिएको भेटेपछि भारत घर भएका हाल बालकोटमा व्यावसाय गरिरहेका अतुल लाई देखाउदा नक्कली हुनसक्ने बताएका छ्न।

दुई जना मध्य करन नाम बताउने एकले बोकेको भारतीय आधारकार्ड

उनले बोकेको भारतीय पहिचान पत्र आधार कार्ड नम्बर ७९७१०६४८९५४८ रहेको छ भने उनले बोकेको आधार कार्डमा कुनै ठेगाना तथा बुवा आमाको नाम नभएको र मात्रै करन लेखिएकोले सो नक्कली हुनसक्ने स्थानीय जीवन श्रेष्ठले बताएका छ्न।

राज्यले अबैध रुपमा विभिन्न भेष गरेर घर घरपुगेर माग्ने हरुलाइ नियन्त्रण संगै उनीहरुको पहिचान गर्नुपर्ने स्थानीयको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन