विज्ञापन

काठमाडौं । अब कतारमा बस्ने नेपालीको कतारबाटै राहदानी बनाउन पाउने भएका छन् । कतारस्थित नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन सकिने भएको हो ।
आज २०७८ माघ २३ गते नेपाली राजदूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग, काठमाडौंबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी तयार भएको छ। यो सफलतासँगै नेपाली राजदूतावास, दोहा ई–पासपोर्ट प्रणाली प्रयोगमा ल्याउने बिदेशस्थित नेपाली नियोगहरू मध्ये पहिलो नेपाली नियोग बनेको राजदूतावास दोहाले जनाएको छ ।
विज्ञापन

आजबाटै दूतावासमा ई–पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ । त्यसको लागि विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु https://emrtds.nepalpassport.gov.np मा अपलोड गर्नुपर्नेछ।
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
५ दलिय गठबन्धन काठमाडौमा रहेको फोहोरको प्रतिविम्बिहो :भिम रावल
अनशनमा बसेकी कुमारी आमा प्रहरी नियन्त्रणमा