अर्थ

सुनको भाउ प्रतितोला ९३ हजार एक सय

बिज्ञापन

काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको भाउ सामान्य घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार एक सय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार एक सय ७० तोकिएको महासङ्घले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन