अर्थ

राष्ट्र बैंकबाट मात्रै राहत दिन खोज्दा अहिलेको संकट आएको हो – पूर्वउपाध्यक्ष क्षेत्री

बिज्ञापन

काठमाडौ । नेपालको अर्थतन्त्र संकटको नजिक पुगेको टिप्पणी हुन थालेको छ । विदेशी मुद्राको संचिति कम हुन थालेपछि नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरिरहेको छ । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो गरी संकटमा पर्न लागेको भन्ने कोणबाट पनि टिकाटिप्पणी हुन थालेको छ ।

बिज्ञापन

अहिले अर्थतन्त्र संकटमा हो कि होइन ? संकटमा हो भने यो संकटबाट पार पाउने विकल्पहरु के कस्ता छन् ? यो संकटको खास दोषी को हो र के हो भन्ने जस्ता विषयहरु आइरहेका छन् ।
अहिले अर्थतन्त्रमा नराम्रो अवस्था देखिएको टिप्पणी एकातिरबाट भइरहेको छ भने सरकारी अधिकारीहरु खासै संकट नभएको प्रतिक्रिया दिइरहेका छन् । अर्थतन्त्रको अहिलेको अवस्था र नेपाल राष्ट्र बैंकले लिएका नीतिगत विषयमा अर्थमन्त्रालयको गम्भीर असहमति रहेको अब प्रष्ट भइसकेको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न भन्दै समिति नै गठन गरेको छ । सरकारले यस्तो समिति बनाएपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

त्यो बेलासम्म सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी छानविन समिति बनाएको थिएन । सरकार र गभर्नरबीच मनमुटावका संकेत सार्वजनिक भएपनि यो अहिले सार्वजनिक भएजस्तो कटुतापूर्ण सम्बन्ध थियो भन्ने तथ्य उजागर भएको पनि थिएन ।

बिज्ञापन