राष्ट्रिय समाचार

समष्टिगत आर्थिक सूचक सामान्य, बाह्य क्षेत्र दबाबमा : अर्थमन्त्री

बिज्ञापन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समष्टिगत आर्थिक सूचक सामान्य रहेपनि बाह्य क्षेत्र भने दबाबमा परेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आयातका कारण बाह्य क्षेत्र भने दबाबमा परेको बताए । त्यसका लागि पनि नीतिगत सुधार सुरु गरिसकेको उनले बताए ।

कच्चा पदार्थको मूल्य विश्व बजारमा बढ्दै गएकाले मूल्यवृद्धिलाई बान्छिता सीमाभित्र राख्न थप काम गर्नुपर्ने देखिएको उनले बताए ।
अर्थतन्त्रप्रति सार्वजनिक धारणाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उनले त्यसले सुधारका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पछिल्लो समयमा पर्यटक आवागमनमा सुधार आएको उनले बताए । ३३ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको र लगानी बोर्डमार्फत ८२ अर्ब लगानी स्वीकृत भएको उनले बताए ।

बिज्ञापन
बिज्ञापन